December 7, 2019

आजको राष्ट्रिय दैनिक पत्रीकाहरुमा छापिएका विशेष समाचारहरु

 नेपालसँग सैन्य सहकार्य गर्ने अमेरिकी चाहना, कबाडी पेस्तोलले खेलाडीलाई धोका

मंसिर २१,
 आज मंसिर २१ गते शनिबार देशका राष्ट्रिय दैनिकहरुले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला खेलाडीले देखाएको प्रदर्शनमा विषयमा मुख्य समाचार छापेका छन् । त्यसैगरी अमेरिकी सहायक राक्षामन्त्रीले इन्डो–प्यासिफिक रणनीतिका विषयमा दिएको अभिव्यक्तिलाई प्रकाशित गरेका छन् । 

सैन्य सहकार्य गर्ने अमेरिकाको चाहना
अन्नपूर्ण पोस्ट्का
अनुसार नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ । दुई स्काई ट्रक चाडै काठमाडौँ आइपुग्ने उनले बताए । 

‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो । नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ,’ हिन्द–प्रशान्त क्षेत्र हेर्ने सहायकमन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने,‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ । त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायतमा छन् ।’ उनका अनुसार अमेरिकी स्टेट पार्टरसिप प्रोग्राम(एसपीपी) अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । बलियो नेपाल अमेरिकी चाहना रहेको उनको धारणा थियो । 

नयाँ पत्रिकाका अनुसार रक्षामन्त्रीले नेपालमा इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतका कुनै पनि कार्यक्रम चीनविरुद्ध नभएको बताएका छन् । ‘हाम्रो चीनसँग धेरै इन्गेजमेन्ट छ । केही समयअघि हाम्रा रक्षामन्त्रीको भ्रमणका क्रममा म बेइजिङमा थिए र त्यहाँ रक्षामन्त्रीसँग हाम्रो भेटवार्ता भयो’ उनले भने, ‘हाम्रो रणनीति कुनै विशेष देशविरुद्ध होइन ।’

न्यायपरिषद्बाट सर्वोच्च जानेमा ढुक्क
कान्तिपुर दैनिक
का अनुसार न्यायपरिषद् सदस्यबाट राजीनामा दिएलगत्तै पदम वैदिकले आफू सर्वोच्चको अदालत जान पाउने बताएका थिए । ‘आफैं बसेर आफ्नो सिफारिस गर्न लाग्यो भनेर विरोध हुन थालेपछि सजिलो बनाइदिएको हुँ । आजै राजनीतिमा दिने, आजै सिफारिस गर्ने भन्ने ढंगको कुरा उठ्यो रे । अर्को पटक टुंगो लाग्ला ।’ न्यायपरिषद् सदस्यबाट राजीनामा दिएलगत्तै कान्तिपुरसँग पदम वैदिकले अर्को बैठकले आफ्नो नाम सिफारिस गर्ने र आफू सर्वोच्च अदालत जान पाउनेमा ढुक्क भएको बताएका छन् ।  

तर यसले न्यायाधीश नियुक्तिको सिफारिस गर्ने ‘नियमनकारी निकाय’मा बसिसकेको व्यक्तिले आफै लागि अनुकूल वातावरण बनाई सर्वोच्च अदालतमा नियुक्ति पत्र लिन हुने कि नहुने भन्ने प्रश्न ब्युँताइदिएको छ । नेपाल बार एसोसिएसनले पनि यो विषयमा चासो जनाइसकेको छ । 

कबाडी पेस्तोलले खेलाडीलाई धोका

नागरिक दैनिकका अनुसार निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो । १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिएन् । ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन । बीचमै स्पर्धा छोड्नुपर्ने अबस्था आयो । तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यती बेलासम्म ढिलो भइसकेको थियो । फाइनल चरणमा पुग्ने अभिलाशासाथ सुरुबाटै अग्रता दिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रबेशको ढोका बन्द भयो ।

कलेजले फेरि मागे बढी शुल्क
नयाँ पत्रिका
का अनुसार विद्यार्थीबाट बढी शुल्क फिर्ता गर्न सरकारसँग सहमति गरको मसी सुक्न नपाउँदै केही निजी मेडिकल कजेजले फेरि बढी शुल्क माग्न थालेका छन् । सरकारले होस्टल, खाना र आइओएम शुल्कबाहेक सबै रकम शैक्षिक शुल्कमै समेटेर निर्धारण गरेको जनाएपनि मेडिकल कलेजले शिक्षा करसमेत तिर्न विद्यार्थीलाई उर्दी गरेका छन् । 

अन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाका अनुसार गण्डकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजले विभिन्न शीर्षक राखेर शुल्क माग्न थालेका छन् । गण्डकी र युनिभर्सलले सरकारले ३८ लाख ५० हजार शुल्क निर्धारण गरेको चौथो वर्षका विद्यार्थीसँग थप चार लाख ६० हजार मागेका छन् । त्यस्तै, तेस्रो वर्षका विद्यार्थीका लागि ४२ लाख ४५ हजार शुल्क निर्धारण भएकोमा ४७ लाख पुग्ने गरी विभिन्न शीर्षकमा शुल्क मागेका छन् । 

पेलेरै विभाग गठन गर्ने देउवाको तयारी


अन्नपूर्ण पोस्टका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले  विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन् । कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन् । ‘चाडै पार्टीको सबै सांगठानिक संरचनाले पूर्णता पाउँछन्,’ काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने,‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ , अब चाँडै गठन हुन्छन् ।’ नेताहरुबीच पटकपटक छलफल भए पनि भागबण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामोसमयदेखि सहमतिको प्रयास गरेपनि कुरा मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा