December 1, 2019

कास्कीमा विद्या बिजयी, खेमराजले पनि दिए बिद्यालाई बधाई

 

Image result for विद्या भट्टराई विजयी

मंसिर १५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।  

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले नेकपा उम्मेद्वार भट्टराई विजयी भएकी हुन् ।  

उनले २४ हजार ३९४ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९९१ मत ल्याएका छन् ।  

यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए ।  

उनको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ नेकपाबाट रविन्द्रपत्‍नी विद्या भट्टराई उठेकी हुन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेस लगायत २१ जना उमेदवार थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र