November 28, 2019

बिमारी प्रम ओलीलाई राष्ट्रपति भण्डारीले अस्पताल पुगेरै भेटीन

 

 
 

काठमाडौं, १२ मंसिर । अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छिन् । राष्ट्रपति भण्डारी अस्पताल नै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग करिब १५ मिनेट कुराकानी गरेकी अस्पतालका एक कर्मचारीले जानकारी दिए । प्रम ओली एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

 

उनको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल चिकित्सकसँग ब्रिफिङ पनि लिएकी छिन् । शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रिफिङ गरेका हुन् ।

 

राष्ट्रपति भण्डारीले अस्पतालमा करिब ३५ मिनेट बिताइन् । यसअघि कुनै पनि भिआइपीले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग भेट गर्न अस्पताल पुगेको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।