November 28, 2019

बिमारी प्रम ओलीलाई राष्ट्रपति भण्डारीले अस्पताल पुगेरै भेटीन

 

 
 

काठमाडौं, १२ मंसिर । अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छिन् । राष्ट्रपति भण्डारी अस्पताल नै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग करिब १५ मिनेट कुराकानी गरेकी अस्पतालका एक कर्मचारीले जानकारी दिए । प्रम ओली एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

 

उनको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल चिकित्सकसँग ब्रिफिङ पनि लिएकी छिन् । शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रिफिङ गरेका हुन् ।

 

राष्ट्रपति भण्डारीले अस्पतालमा करिब ३५ मिनेट बिताइन् । यसअघि कुनै पनि भिआइपीले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग भेट गर्न अस्पताल पुगेको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा