नेपालमा आगामी डिसेम्बर १ देखि १०सम्म हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन्।प्रतियोगितामा ७ देशका ३२ सय ९ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
![]()
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबैभन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन्।
त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राखेपले जनाएको छ।
यसैबीच साग खेल्ने बताएको अफगानिस्तानले भने नखेल्ने भएको छ। अफगानिस्तानले मार्सलआर्टको विधामा सहभागी हुन नपाउने भएपछि १३ औ साग नखेल्ने भएको हो। मध्यपूर्वी एसिया छाड्दै दक्षिण एसियामा फर्कने निर्णय गरेको अफगानिस्तानले १३ औ सागमा सहभागीताका लागि पत्राचार गरेको थियो।
एसियन ओलम्पिक काउन्सिलले समेत अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई आग्रह गरेको थियो। तर आयोजक नेपालले मार्सलआर्ट बाहेक अन्य खेलमा मात्र सहभागी गराउने बताएपछि अफगानिस्तान पछाडि हटेको हो।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।