November 7, 2019

रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता

 
 

काठमाडौं, 21 कार्तिक । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लीका अध्यक्ष तथा तथा सिम्रिक एयरका मालिक रामेश्वर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ ।
नक्कली भौचर दिएर ५ करोड २५ लाख रुपैयाँ ठगिएको भन्दै पीडित शिव प्रसाद वास्तोलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भएको हो ।

पीडित वास्तोलाले जाहेरीमा उल्लेख गरे अनुसार अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीका अध्यक्ष रामेश्वर थापासँग कुराकानी भएपछि एपीवान टेलिभिजनको सव स्टेशनका लागि जग्गा खरिद गर्ने सम्झौता भएको थियो ।

पीडित वास्तोलासँग थापाले एपिवान टेलिभिजनको सव स्टेशन निर्माणका लागि कास्की जिल्ला साविक शिशुवा गाविस वडा नम्बर ५ हाल पोखरा महानगरपालिका वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर शिव प्रसाद बास्तोलाको नाममा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु रु ११ करोडमा किनेका थिए । तर, रु ११ करोड मध्ये बाँकी रहेको ५ करोड २५ लाख रुपैयाँको भने देवः विकास बैंकको नक्कली भौचर दिएपछि पीडित वास्तोला विभिन्न निकाय उजुरी गर्न पुगेको थिए ।

जाहेरीमा वास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा, सञ्चालक प्रश्नरत्न बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत सिइओ लक्ष्मी प्रसाद पौडेल, कर्मचारी निरज श्रेष्ठ र देव विकास बैंकलाई प्रतिवादी बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा थापा सहितका प्रतिवादी विरुद्ध गत असोज १३ गते नै जाहेरी दर्ता भएको छ ।

प्रहरीमा ठगीको जाहेरी दर्ता भएपछि थापाले मुद्दा मिलाउनका लागि विभिन्न शक्तिकेन्द्र मार्फत दबाव दिइरहेका छन् । केही दिनअघि लेन दिन मिलाउनका लागि प्रमुख कार्यकारी अधिकृत लक्ष्मि प्रसाद पौडेललाई पोखरा पठाएका थिए । तर, साँढे ४ करोड मात्रै दिन सक्छु भनेपछि पीडित वास्तोलाले असहमति जनाएका थिए ।

उनले आफूले पाउनु पर्ने रकम एकमुष्ठ रुपमा पाउनुपर्ने माग राखेपछि उनीहरुबीचको वार्ता भाँडीएको थियो ।

ठगीको मुद्दा अनुसन्धान रोक्न कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीलाई प्रहरीकै उच्च अधिकारी मार्फत दबाव दिइरहेको बताइएको छ ।

Coppied from diyo post. Com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका