November 6, 2019

पारस र सन्दीपबिनाकै नेपाली राष्ट्रिय टिम घोषणा

फाईल फोटो

 कार्तिक २० ,काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एसीसी इमर्जिङ कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।

संघका सचिव तथा प्रवक्ताले बुधबार टिम घोषणा गरिएको जानकारी दिए। उनका अनुसार १५ सदस्यीय टिम, टिम म्यानेजर, प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक, भिडियो विश्लेषक र टिम फिजियोसमेत घोषणा गरिएको छ।

टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने उपकप्तानको जिम्मेवारीमा दिपेन्द्रसिंह ऐरी छन्। यस्तै शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशान भारी, मोहम्मद आरिफ शेख, अभिनाष बोहोरा र कुुसल भुर्तेल छन्।

टिमको प्रमुख प्रशिक्षकमा उमेश पटुवाल छन् भने सहायक प्रशिक्षकमा दिपेन्द्र प्रताप सिंह रहेका छन्। यस्तै रमन शिवाकोटी टिमको भिडियो विश्लेषक छन् भने टिम म्यानेजरको जिम्मेवारीम प्रशान्त विक्रम मल्ल छन्। फिजियो विक्रम न्यौपाने छन्।

टिममा दुई महत्वपूर्ण खेलाडी भने छैनन्। पूर्वकप्तान पारस खड्का र लेग स्पीनर सन्दीप लामिछाने टिममा नरहेका हुन्। उनीहरु दुबैजनाले यूएईको आबुधाबीमा हुने टि टेन लिग खेल्न नेपाली राष्ट्रिय टिमबाट विदा मागेका थिए। क्यानले उनीहरुको विदा स्वीकृत गर्दै नो अब्जेक्शन लेटर दिएको छ।

क्यान फुकुपवापछि पहिलो पटक क्यानले टिम घोषणा गरेको हो। यसअघि क्यानको निलम्बन फुकुवा भइसकेपछि पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले २ पटक नेपाली टिम घोषणा गरेको थियो।

इमर्जिङ एसिया कप १४ नोभेम्बरमा सुरु हुँदैछ । पहिले नेपाल यो प्रतियोगितामा थिएन तर प्रतियोगितामा भएको टिम युनाइटेड अरब इमिरेट्स नखेल्ने भएपछि नेपालले उसको स्थानमा मौका पाएको हो । अब यूएईको ठाउँमा नेपालले यो प्रतियोगिता खेल्नेछ । बंगलादेशमा हुने यो प्रतियोगितामा नेपालले पहिलो खेल भारतको अण्डर २३ टिमसँग १४ नोभेम्बरमा खेल्नेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले १८ नोभेम्बरमा बंगलादेशको अण्डर २३ टिमसँग खेल्नेछ । समूह चरणको खेलबाट माथि जान सकेमा नेपालले श्रीलंका, पाकिस्तान, अफगानिस्तानजस्ता अन्य टेस्ट मान्यता प्राप्त देशका अण्डर २३ टिमसँग समेत खेल्न पाउने सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा