November 1, 2019

महरा प्रकरणः थुनछेक बहस आइतबार मात्रै, अदालतमा के भने ?

कार्तिक १५, काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा बयान दिँदै आरोप लगाउने रोशनी शाहीको घरमा नगएको दाबी गरेका छन् ।  

संसद सचिवालयकी कर्मचारी शाहीले बलात्कार आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराले शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।  

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा शुक्रबार अदालतमा बयान दिँदै महराले अदालतमा शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।  

काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा जारी बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।  

महराले शाहीको किटानी जाहेरीमा सत्यता नभएको र आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बयानमा दाबी गरेको बताइएको छ । शाहीले किटानीमा उल्लेख गरेको दिन आफूले मदिरा पनि सेवन नगरेको पनि बताएका छन् ।  

महराको बयान सकिएको छैन । उनलाई पुनः थुनामै लैजाने तयारी छ । आइतबार मात्रै थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । सो बहसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या धरौटीमा रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।