October 24, 2019

स्व. अधिकारीको सपनापुरा गर्छु, एयरपोर्ट बनाएरै छाड्छु : मन्त्री भट्टराई

 

तेह्रथुम, ७ कार्तिक । संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले तेह्रथुम आठराई गाउँपालिका–६ स्थित चुहानडाँडाको थुम्किडाँडामा एयरपोर्ट बन्ने बताउनुभएको छ ।

एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा पुग्नुभएका मन्त्री मन्त्रि भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ । यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।’

पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेका हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।

सम्भाव्यता तथा संर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिई २०७३ सालमा विस्तृत संर्वेक्षण भई लागत स्टिमेट समेत भएको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका अध्यक्ष तथा १ नं. प्रदेश सभाका सदस्य तेजमान कन्दङवाले बताउनु भयो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला सहितको प्रतिनिधि मण्डलले पुनः प्रधानमन्त्री ओली समक्ष २०७२ र २०७५ बैशाखमा बिमानस्थल निर्माण कार्यको थालनी गर्नका लागि पहल गरेको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना