October 24, 2019

मानव तस्करीको विभत्स दृश्य: ट्रकभित्र ३९ जनाको शव भेटियो, ड्राइभर पक्राउ

एजेन्सी, ६ कात्तिक । बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र ३९ जनाको शव फेला परेको छ ।

प्रहरीले बुधबार बिहान ट्रकको कन्टेनरभित्र  ३९ जनाको शव फेला पारेको हो । इङल्याण्डको एसेक्सबाट ती शव फेला पारिएको समाचारमा बताइएको छ । शवमध्ये एउटा शव किशोरको समेत रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान हुन सकेको छैन । शवको पहिचान हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई हत्याको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ परेका ड्राइभर उत्तरी आयरल्याण्डका बासिन्दा भएको समाचारमा जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।

मालबाहक ट्रकभित्र ३९ जनाको शव भेट्टिएपछि बेलायत नै स्तब्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।

‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले भने, ‘ कनटेनरभित्र ३९ जनाको शव भेट्टिएको सुन्दा निकै दुःखित भएको छ, अपराधीहरु पहिचा गरी कारबाही होस् भन्ने काम गर्छु ।’

मानव तस्करको जालोमा परेर ती मानिसले ज्यान गुमाएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत