
अंकरा (बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पत्रलाई रद्दीको टोकरीमा फालिदिएको बताइएको छ।
अक्टोबर ९ तारिख उल्लेख गरिएको र सिरियाबाट अमेरिकी फौज फिर्ता भएपछि पठाइएको पत्रमा ट्रम्पले एर्दोआनलाई भनेका छन्, ‘धेरै कठोर नबन्नू। मूर्ख नबन्नू।’
अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीका आफ्ना समकक्षीलाई उत्तरी सिरियामा कुर्दिश नेतृत्वको फौजविरुद्ध कारबाही नथाल्न आग्रह गरेका थिए, तर एर्दोआनले उनको आग्रहलाई अस्वीकार गरे।
टर्कीलाई युद्धविरामका लागि मनाउने प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति माइक पेन्स अहिले अङ्कारामा छन्।
सिरियाबाट आफ्नो फौज फिर्ता बोलाएकोमा अमेरिकाले व्यापक आलोचना खेपिरहेको छ। अमेरिकाको सोही कदमले टर्कीलाई सैन्य कारबाही थाल्न बाटो खुला गरेको आलोचकहरूको तर्क छ।

पछिल्ला वर्षमा कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) गठबन्धन सिरियामा इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहिआएको छ।
उत्तरी सिरियामा हुने अस्थिरताले जिहादीहरूको पुनः उदयमा सघाउन सक्ने चिन्ता व्यक्त भइरहेका छन्। एसडीएफमा चाहिँ पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) भनिने कुर्दिश मिलिसियाको दबदबा रहिआएको छ।
टर्कीले वाईपीजीलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) कै विस्तारित रूप मान्ने गरेको छ। पीकेके टर्कीमा स्वायत्त क्षेत्रका लागि सङ्घर्षरत छ।
ट्रम्पले पत्रमा के भनेका थिए?
एर्दोआनलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, ‘एउटा राम्रो सम्झौताका निम्ति काम गरौँ। हजारौँ मानिसलाई बलि चढाइएको कुराका लागि तपाईँ जिम्मेवार हुन चाहनुहुन्न र टर्कीको अर्थतन्त्र ध्वस्त पार्नका लागि म जिम्मेवार हुन चाहन्नँ।’
‘यदि ठिक ढङ्गले र मानवीय तरिकाले काम गर्नुभयो भन्ने इतिहासले तपाईँलाई सकारात्मक रूपले हेर्नेछ। त्यसरी गर्नुभएन भने इतिहासले तपाईँलाई राक्षसको रूपमा हेर्नेछ।’
त्यसको जवाफमा टर्कीका राष्ट्रपतिनिकट स्रोतहरूले बीबीसीलाई भने, ‘राष्ट्रपति एर्दोआनले पत्र प्राप्त गर्नुभयो, पूर्ण रूपमा त्यसलाई अस्वीकार गर्नुभयो र रद्दीको टोकरीमा फालिदिनुभयो।’
बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन् राष्ट्रपतिको तहमा आदानप्रदान हुने पत्रमा त्यस्तो किसिमको भाषाको कल्पना पनि गर्न सकिँदैन। (बीबीसीबाट अनुवाद)
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि