October 14, 2019

नेकपाको चियापानको तयारी पूरा, १ लाख निमन्त्रण कार्ड बाँडिए !

नेकपाले बाँड्यो एक लाख कार्ड, चियापानमा विदेशी पनि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चियापानको तयारी पूरा भएको बताएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको थियो ।

चियापानका लागि १ लाख निमन्त्रण कार्ड बाँडिएको कार्यालय सचिवले जानकारी दिए । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ । “नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” उनले भने ।

मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो । तत्कालीन एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्थ्यो  । नेकपाले कोजाग्रत पूर्णिमाको तीन दिनपछि चियापानको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएपछि सुरू गरेको चियापान कार्यक्रम अहिले संस्कृति नै बनेको छ ।

काङ्ग्रेसको चियापान अघिल्ला वर्षभन्दा निकै व्यवस्थित भएको भन्दै प्रशंसा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने