नेयमार रियल म्याड्रि जान सक्ने !

neymar-real-madrid-1एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् ।

ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले पनि नेयमारलाई लिन प्रयास गरेको थियो । तर, दुवैको प्रयास सफल भएन र नेयमार पिएसजीमै बसे ।

पूर्व सहकर्मी नेयमार पिएसजीमा खुसी नरहेको मेस्सीले बुझेका छन् । त्यसकारण बार्सिलोना आउन नमिलेको खण्डमा नेयमारले रियललाई विकल्पको रुपमा राख्न सक्ने अनुमान गरेका छन् ।

‘इमान्दारपूर्वक भन्दा यदि उनी यहाँ आएनन् भने रियल जाने सक्छन्,’ मेस्सीले भने, ‘उनी साच्चै पिएसजी छोड्न चाहन्छन् । मलाई लाग्छ फ्लोरेन्टिनो र रियलले उनलाई लिनका लागि हरसम्भव प्रयास गर्नेछन् ।’

अबको सरुवा बजारमा पनि नेयमारको चर्चा नहुने कुरै हुन्न । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन चाहन्छ । तर, पिएसजीले सहजै नेयमारलाई नछाड्ने निश्चित छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पिएसजी गएका थिए ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।