एजेन्सी – युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो ।
इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएर पनि स्तब्ध बन्न पुगेको हो । खेलको पाँचौ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टीबाट पाहुना टोली इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । रहिम स्ट्रलिङलाई एलेक्स केरललाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरेका थिए । तर, इंग्ल्यान्डको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा ज्याकुव ब्रावेकले बराबरी गोल फर्काए । उनले अन्डरेज सेलस्टकाको कर्नरमा प्राप्त बललाई गोलमा परिणत गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेको थियो । ८५औं मिनेटमा वैकल्पिक खेलाडी जेडेनेक ओन्ड्रासेकले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । उनले लुकास मासोपस्टको पासमा गोल गरेका थिए ।
६५औं मिनेटमा प्याट्रिकको स्थानमा मैदान छिरेका चेकका लागि उनको यो डेब्यु गोल रहेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड २–१ ले स्तब्ध बन्न पुग्यो । यही समूहको अर्काे खेलमाा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहित तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा