October 9, 2019

विश्वकप छनोटमा बिहीबार नेपाल र अस्ट्रेलिया खेल्ने !

Image result for aus vs nepalकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो ।

अस्ट्रेलियाको क्यानबेरास्थित जीयओ रंगशालामा नेपालले भोलि अस्ट्रेलियासँग विश्वकप छनोट खेल खेल्दैछ । खेल नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा हुँदैछ । नेपाली राष्ट्रिय टोली एक साताअघि नै अस्ट्रेलिया पुगेको हो । 

अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र त्यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि टोली चाँडै नै उताको पुगेको हो । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबलको एशियाली छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियाको होममा खेल्न लागेको हो ।

नेपाल परेको समूह ‘बी’ मा अस्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत पनि छन् । एसियन च्याम्पियन अस्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन ।

विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।
नेपाली टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् । 

जितको लक्ष्यसहित अष्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । टोलीको गोलकिपरमा किरणसँगै विकेश कुथु, विशाल श्रेष्ठ छन् ।
डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् । मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई छन् ।

स्टाइकरमा विमल घर्तीमगरसँगै अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले अष्ट्रेलियापछि असोज २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलिया प्रस्थान गर्नुअघि टिमका कप्तान किरण चेमजोङले विश्वकप खेलिसकेको अस्ट्रेलिया बलियो टोली रहेको बताउँदै अस्ट्रेलियासँग अन्तिम अवस्थासम्म डटेर प्रतिस्पर्धा गर्ने बताएका थिए । । उनले भनेका थिए, “हारजित छुट्टै कुरा हो । तर हामीले बहादुरीका साथ खेल्ने छौं ।”

समुह बीमा कुवेत अगाडि

यता नेपाल रहेको समूह बीको अंकतालिकामा कुवेत शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट नेपालविरुद्ध जित निकाल्दै गोलअन्तरका आधारमा कुवेत अस्ट्रेलियाअगाडी रहेको हो । अस्ट्रेलियाले भने कुवेतलाई ३-० गोलले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको जोर्डनको ३ अंक छ । उसले चाइनिज ताइपेइलाई २–१ ले हराएको हो । समूहको पाँचौं सथानमा नेपाल रहँदा सबै खेल गुमाएको चाइनिज ताइपेइ पुच्छरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा