सेल्फी खिच्‍ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु

नयाँ दिल्ली । भारतको तमिलनाडुस्थित एक बाँधमा सेल्फी लिने क्रममा चिप्लिएर नवदुलहीसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ । 

नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने जोगिन सफल भएका छन् । सन् २०११ यता  विश्वव्यापी रुपमा सेल्फीका कारण २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सन् २०१८मा गरिएको एक अध्ययन अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी भारतका रहेका छन् । स्थानीय कृष्णागिरी जिल्लाका वरिष्ठ प्रहरी अधिकारी  एस प्रभाकरले जनाए अनुसार पम्बर बाँधमा गएको आइतबार सो घटना भएको हो । 

“बाँधमा उनीहरुले सेल्फी लिने प्रयास गरेका रहेछन् । त्यही बेला चिप्लिए ।उनीहरु त्यहाँ भएको बेलामा पानीको तह बढेको थियो”प्रभावकरले भने । मृत्यु हुनेहरुको शव तत्कालै बाहिर ल्याइएको थियो । भारतको जर्नल “फेमिली मेडिसिन एण्ड प्राइमरी केयर”ले सार्वजनिक गरेको पछिल्लो एक अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सन् २०११को अक्टोबर देखि २०१७को नोभेम्बर सम्ममा सेल्फी खिच्दा विश्वभरीमा २५९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत