October 8, 2019

२८ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा, व्यापार युद्ध झन् चर्किदै

Image result for 28 chinese companies in blacklist of americaवाशिङटन । अमेरिकाले चीनको सिन्जियाङ प्रान्तमा रहेका उइगुर्स मुश्लिम समुदायलाई ज्यादती गरेको आरोपमा २८ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकाले सो सूचीमा राखेपछि ती कम्पनीले अब वाशिङटनको स्वीकृति बिना अमेरिकी कम्पनीका उत्पादन लिन रोक लाग्नेछ । ती २८ वटा कम्पनीमा सरकारी एजेन्सी र प्रविधि अर्थात् खासगरी सर्भिलेन्स उपकरण सम्बन्धी संगठनहरु रहेका छन् । अमेरिकाले  पहिलो पटक यसपालि चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको भने होइन । गएको मे महिनामा ट्रम्प प्रशासनले चीनको चर्चित टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई उसका उत्पादनबाट सुरक्षा खतरा रहेको भन्दै ‘इन्टीटी लिस्ट’मा राखेको थियो । 

अमेरिकाको वाणिज्य मन्त्रालयले ती कम्पनीलाई मानवअधिकार उल्लंघन र ज्यादतीको आरोप लगाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएकामा हिक्भीजन, दाहुवा टेक्नोलोजी,मेग्भी टेक्नोलोजी लगायतका फेसियल रिकोग्निसन सम्बन्धी कम्पनीपनि रहेका छन् । अमेरिका र चीन अहिले व्यापार युद्धमा रहेका छन् । 

चीनले यसै हप्ताको अन्त्यमा आफ्नो व्यापारिक प्रतिनिधिमण्डल वाशिङटन पठाउँदैपनि छ । अमेरिकाको यो नीतिले चीनको प्रविधि सम्बन्धी महत्वकांक्षालाई धक्का लाग्न सक्नेछ । अहिले अमेरिकाले प्रतिबन्ध लगाएका कतिपय कम्पनी  चीनका सबैभन्दा ठूला टेक स्टारका रुपमा समेत चिनिन्छन् ।

यस अघि हुवावेलाई अमेरिकाले सो सूचीमा राखेको थियो । अमेरिकाले उक्त सूचीमा राख्नुको मतलब गुगल जस्ता अमेरिकी कम्पनीले हुवावेसँग व्यवहार गर्नको लागि पनि इजाजत लिनुपर्ने हुन्छ । दुई पक्षबीचको व्यापार युद्धका कारण उपभोक्ताले भने अब कि चिनियाँ सामान मात्रै कि चाहिं अमेरिकी सामान मात्रै लिनुपर्ने अवस्था उत्पन्न गराउन खोजिएको छ ।

चीनमा रहँदै आएका उइगुर्स मुसलमान जातिय रुपमा टर्कीका मुसलमान समुदायका मानिस हुन् । सिन्जियाङमा उनीहरुको संख्या करिब ४५ प्रतिशत रहेको छ । ४० प्रतिशत भने हान चाइनिज समूहका रहेका छन् । – बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत