प्योङयाङ । अमेरिकाद्वारा आफूविरुद्ध शत्रुता अन्त्य गर्नका लागि चालिएको कदमदेखि लिएर परमाणु वार्ता जारी राख्ने कुनै उद्देश्य नभएको आइतबार उत्तर कोरियाले बताएको छ । स्विडेनमा वार्ता रोकिनुभन्दा एक दिनअघि उत्तर कोरियाले यस्तो धारणा सार्वजनिक गरेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी कारष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेबु्रअरीमा सम्पन्न बैठकपश्चात् महिनौंसम्मको गतिरोधपछि यस्तो चर्चा भएको हो ।
स्विडेनमा भएको दुई देशबीचको वार्तालाई बीचमै छाडेर उत्तर कोरियाले अमेरिकाले समस्या समाधानका लागि कुनै नयाँ र रचनात्मक उपाय पेश नगर्नु निराशाजनक अवस्था रहेको बताएको छ ।
उता, अमेरिकाले भने दुई सातामा पुनः बैठक गर्न आफू इच्छुक रहेको जानकारी दिएको छ । उत्तर कोरियाले भने एउटा अर्को वार्ताको चर्चा गर्नु बेमतलबको कुरा भएको धारणा राखेको छ । उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘अमेरिकाको अर्को बैठकको यस्तो दाबी बेकार छ । हामी यस्तो बैठक गर्ने चाहना राख्दैनौं ।’’
उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार, अमेरिकाले आफ्नो पुरानो रवैया नछाड्ने हो भने वार्ता तत्कालै टु्ट्न सक्ने चेतावनीसमेत प्रवक्ताले दिएका छन् । ‘‘अमेरिकाद्वारा शत्रुतापूर्ण नीतिहरुको अन्त्य गर्नका लागि व्यावहारिक कदम उठाउने कुरामा यस्तोखाले वार्ता गर्न प्योङयाङको कुनै चाहना छैन,’’ उनले भने ।
उत्तर कोरियाको वार्ताको भविष्य अमेरिकाको हातमा रहेको र यसको समयसीमा यो वर्षको अन्त्यसम्ममात्रै रहेको पनि उनले बताएका छन् ।
उता, अमेरिकाले भने दुई देशबीचको बैठकमा यस विषयमा रामै्र चर्चा भएको बताउँदै आएको छ । उत्तर कोरियाले विस्तारै समाधानको बाटोमा हिँड्ने विश्वास पनि अमेरिकाले गरेको बताइन्छ । – नवभारत टाइम्स
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत