October 6, 2019

नेपालद्वारा हङकङ पराजित, विनोद र करनको उत्कृष्ट प्रदर्शन !

Related imageकाठमाडौं । ओमानमा जारी टि–ट्वान्टी क्रिकेटमा हङकङविरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए । कमजोर सुरुवात गरेको नेपाली इनिङ आरिफ सेख र विनोद भण्डारीले सम्हालेका थिए । आरिफले २४ रन बनाए । नेपालको जितमा करन केसी र विनोद भण्डारीको प्रदर्शन उत्कृष्ट रह्यो । विनोदले ४८ बलमा अविजित ५८ रनको इनिङ खेले । विनोदले चार चौका र तीन छक्का प्रहार गरे । सोमपाल कामीले १३ रन बनाए ।

टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे ।

ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले अर्को खेल भोली (सोमबार) नेदरल्याण्डसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना