काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियससिपअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट श्रृंखलाको पहिलो खेलमा भारतले जित निकालेको छ । अन्तिम दिन भारतीय बलर चम्किएपछि भारतले २ सय ३ रनको जित आत्मसात गरेको हो ।
भारतमा जारी तीन म्याचको श्रृंखलामा भारतीय टालीले शानदान जित हासिल गरेको हो । पाचौं दिनको पहिलो सेसनमै दबाबमा परेपछि दक्षिण अफ्रिकाले दास्रो इनिङमा खराब प्रदर्शन गरेको हो ।
दिनको पहिलो सेसनमा लगातार विकेट गुमाएपछि तीन सय ९५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई जितका लागि निकै संघर्ष गर्नुपर्यो । चौथो दिन एक विकेट गुमाएको दक्षिण अफ्रिकाले दास्रो इनिङमा ६३.५ ओभार खेलेर कूल १ सय ९१ रनमात्र बनाउन सक्यो ।
यसअघि चौथो दिन एक ओभर ब्याटिङ गर्न पाएको पाहुना टोलीले एक विकेट गुमाएर ११ रन जोडेको थियो । चोथो दिन एलगरलाई दुई रनमै गुमाएको दक्षिण अफ्रिकाले पाचौं दिन लगातार विकेत गुमाइरह्यो । अल आउट हुनुअघि पाहुना टोलीका लागि दशौं नम्बरमा ब्याटिङ गर्न आएका डेन पिटले सर्वाधिक ५६ रन जोडे । दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले ४६ तथा ओपनर एडेन मक्रमले ३९ रनको योगदान दिए ।
भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ तथा रवीन्द्र जडेजाले ४ र रविचन्द्र अश्विनले १ विकेट लिए । यसअघि चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।
दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो । यद्पि भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।
चौथो दिन भारतका लागि दोस्रो इनिङमा ओपनर रोहित शर्माले १२७ रन बनाएका थिए । शर्माको यही म्याचमा दास्रो शतक हा । उनले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।
पहिलो इनिङ :
भारतः ५०२–७(डी), अग्रवाल २१५, शर्मा १७६, केशव महाराज ३-१८९
दक्षिण अफ्रिकाः ४३१, एलगर १६०, डि कोक १११, अश्विन ७-१४५
दास्रो इनिङ :
भारतः ३२३-४(डी), शर्मा १२७, पुजारा ८१, केशव महाराज २-१२९
दक्षिण अफ्रिका : पीट ५६, मुथुस्वामी ४९*, सामी ५-३५
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा