दसैंमा तरकारीको मूल्य आकाशियो, उपभोक्ता मारमा

vegetable-e1510490439543काठमाडौं, १९ असोज । दसैंमा तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा कमी आएसँगै तरकारीको मूल्य आकाशिएको हो ।

अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको उपभोक्ताको भनाइ छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पुर्‍याएका छन् । त्यसैगरी अदुवाको मूल्य प्रतिकेजी २४० रुपैयाँ पुगेको छ ।

कालीमाटी होलसेल बजारमा खुर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा बिक्री गरिएको छ ।

सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने वस्तुको मूल्य ह्वात्तै बढाइएको हो । वस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा निकै मारमा परेको आम उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने