October 6, 2019

रियल मड्रिडका इडिन हजार्डले गरे पहिलो गोल, ग्रानाडा पराजित

काठमाडौँ, १९ असोज । यस सिजन निकै आलोचना खेपिरहेको रियल मड्रिड क्लबले ग्रानाडालाई ४-२ गोलले पराजित गर्न सफल भएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जेमा, इडिन हजार्ड, लुका मोड्रिच र हामेश रोद्रिगेजले गोल गरे ।

ग्रानाडाको लागि डार्मिन माचिस र डुवार्टेगले एकएक गोल गरे ।

खेलको दोस्रो मिनेटमा बेन्जेमा गोल गरेका थिए । खेलको ४५ औँ मिनेटमा इडिन हजार्डले रियलका लागि पहिलो गोल गरे ।

खेलको ६१ औँ मिनेटमा मोड्रिचले गोल गरे ।

तर, त्यसपछि खेलमा ग्रानाडाले दुई गोल फर्काएको थियो ।

तर, खेलको अन्तिम मिनेटमा हामेशले गोल गर्दै रियललाई सहज जित दिलाउन सफल भए ।

यो जितसँगै रियलको ८ खेलमा १८ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको ग्रानाडाको १४ अंक रहेको छ ।

      

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा