काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता धर्मराउँदा कसैको पनि हित नहुने बताएका छन् । बडा दसैं २०७६ को अवसरमा शनिबार एक सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्,“ हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केही हुनु हुँदैन । भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्छ । तर राष्टियता धर्मराएको, शान्ति र अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्किदै गएको अवस्थाले कसैको हित हुँदैन । ”
उनले अगाडि भनेका छन्,“त्यसक्रोारण प्रतिकार, प्रतिवाद,दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम् समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्छ । नेपाल हाम्रो हो । हामी नेपाली हौं ।नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।”
नले सन्देशमा थपेका छन्, “राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्बहितकारी हुनुपर्दछ । अनि त्यो सर्वग्राह्य पनि बन्नुपर्छ । पुर्खाको गाथा,पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो हुँदैन । एकले अर्कामाथि दोष थोपर्ने, जिम्बेवारी पन्छाउने र आफ्नो कमी कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रकृया अपनाउने प्रबृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।”
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा