आगामी मंसिर १४ को उपनिर्वाचनमा नेकपाकै जित सुशिश्चित :महेश बस्नेत

chiyapan१४ असोज , भक्तपुर । प्रतिनिधिसभा सांसद महेश बस्नेतले मंसिर १४ गते हुने निर्वाचनमा अरु दलले जिते विकासमा बाधा पुग्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायणमाआयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले संघ, प्रदेश र स्थानीय तहमा नेकपा सरकार भएको अवस्थामा प्रमुख प्रतिपक्ष दल र साना दलले जिते यो क्षेत्रमा बजेट ल्याउन नसक्ने बताउनुभयो । नेपाली कांग्रेस र नेमकिपाको भूमिका अहिले बिरोध मात्र गर्ने प्रतिपक्षका रुपमा रहेकाले उनीहरुले जिते विकास होइन बिरोध मात्र गरेर बस्ने बताउनुभयो ।

संघ र प्रदेशको बजेट चाँगुनारायण प्रदेशमा राखेर विकासलाई तिव्रता दिन पनि नेकपाले मंसिर १४ को उपनिर्वाचनमा जित्ने दावी गर्नुभयो । इमान्दार, अनुशासित, कर्तव्यनिष्ट र लगनशिल नेता हरिशरण लामिछानेले देखेको सपना पुरा गर्न पनि नेकपाकै उम्मेदवारले जित हासिल गर्ने तर्क उहाँको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काकेन्द्रिय सदस्य र पूर्व मन्त्री समेत रहनुभएका बस्नेतले २६ बर्ष भक्तपुर क्षेत्र नं. १ को नेतृत्व गरेको नेमकिपा र १५ बर्ष २ नं. क्षेत्रको नेतृत्व गरेको कांग्रेसले गरेको विकास र २ बर्ष नेतृत्व गरेको नेकपाले गरेका विकासका कार्यलाई तुलना गर्न समेत आम नागरिकलाई आग्रह गर्नुभयो । नेमकिपा र नेपाली कांग्रेसले गर्न नसकेको विकास नेकपाले २ बर्षमा गरेर देखाईदिएको दावी गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, भक्तपुरका सह—इन्चार्ज र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले चाँगुनारायण क्षेत्रले परिवर्तनको रुपरेखा कोरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा तित्र्रत्तर विकासका कामहरु भइरहेको बताउनुभयो । अहिले चाँगुनारायणका हरेक वडामा १० देखी १५ करोडसम्मका योजनाका कामहरु भइरहेको उहाँको दावी छ ।
८ नं. वडा कमिटीका अध्यक्ष नारायणी फुयाल दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाल, चानपा ८ नं. वडा अध्यक्ष परासर सापकोटालगायतले नेकपाको नीति नै निर्वाचनमा प्रतिष्पर्धा, विकासमा साझेदारी भएकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यभार नेकपाको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत