September 22, 2019

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश

असोज ५,विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश एकको प्रदेश सभामा बेल घेराउ गर्नुका साथै नाराबाजी गरेको छ । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले संसद् अवरोधको प्रयास गरेको हो । 

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश

अवरोधकै बीच प्रदेशसभामा उक्त विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन पेश गरेकी हुन् । 

विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो । सभामुखले वार्ताका लागि चार दिनको समय र्दिका थिए तर त्यसबीचमा वार्ता भएन । प्रतिवेदन पेश भएपछि बैठक भोलिसम्मलाई स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र