September 15, 2019

कांग्रेसद्वारा प्रतिनिधिसभामा अवरोध , बैठक भोलिसम्मलाई स्थगित

काठमाडौं, भदौ २९प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्। बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाए।

जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराईएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्र्सना गरे। भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उनले गरे।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाएका थिए। उनले बांके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिईएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिईसकेको बताएका थिए। उनले खजुरा गाउपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समुहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको, होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भाँच्चिएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गरे। उनले सरकारले आफ्नो कारबाहीको प्रक्रियालाई अगाडि बढाईसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताए।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गरे। त्यसैगरी, सांसद अमरेश कुमार सिंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारबाही हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए।

सांसद राम बहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाए। उनले भने, ‘पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अघि सारिन्थ्यो। अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अघि सारिँदै छ। अरिंगाल र मण्डले एकै हुन कि फरक–फरक हुन?’

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाए। गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिवद्धता नजनाएसम्म सदन सञ्चालन हुन नसक्ने बताए।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गरिन्। उनले भनिन्, ‘यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो? नेपाली कांग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भत्र्सना गर्दछ। १० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ। दर्ता गर्नका लागि निर्देशन नदिएसम्म सदनको कारबाही अघि बढ्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी