September 15, 2019

बाँके घटनाप्रति कांग्रेसको आपत्ति, कारवाही अगाडि बढेको गृहमन्त्रीको भनाइ

k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
  भदौ २९ ,काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बाँके घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले नियोजित रुपमा आफ्नो पार्टीको कार्यक्रममा सरकारको नेतृत्व गरेको पार्टीका कार्यकर्ताले आक्रमण गरेको भन्दै घटनाको भत्र्सना गरे।

राजनीति दललाई निषेध जस्तो गरी व्यवाहार गरेको भन्दै उनले आपत्ति जनाए। कांग्रेसले यो घटनाका विषयमा गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिन संसद अवरोध गर्ने चेतावनी दिएपछि गृहमन्त्री रामबहादुर थापाले बाँके घटनाका विषयमा सदनलाई जानकारी गराएका थिए।

गृहमन्त्री थापाले भदौ २६ गते कांग्रेसको कार्यक्रममा केही युवाहरुले आक्रमण गरेको र त्यसबाट कांग्रेस बाँकेका सभातिको हातमा गम्भीर चोट लागेको जानकारी गराएका थिए। उनले कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिए।

कांग्रेसको कार्यक्रमको जानकारी प्रहरीलाई नदिएपछि घटनामा संलग्न भएका निर्मल खत्री रोशनसिंह ठकुरी र लोबहादुर शाही पक्राउ परेक जनाए। घटनामा संलग्नलाई कानुन अनुसार कारवाही गर्न मन्त्रालय दृढ रहेको गृहमन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।