September 13, 2019

सर्वाेच्चकाे आदेशमा रिहा भएका बिप्लबका २ नेता भट्ट र कुमाल प्रहरीले बेपत्ता पार्‍यो

काठमाडौं । भदौ २७ गते सर्वाेच्च अदालतको  गेटबाट कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई  प्रहरीले पुन पक्राउ गरेको छ  । सर्वाेच्चकाे आदेशमा रिहा भएका विप्लब समूहका नेताद्वयलाई कानूनकाे उपहास हुनेगरी  सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन्  ।

परिवारका अनुसार,  नेताद्वयलाई  भदौ २६ गते राति  नै उपत्यका बाहिर लगिएकाे खबर छ ।  तर, कहाँ  लगिएकाे हाे, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएकाे छैन । पीडित परिवारले ‘नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएकाे’ बताएका छन्  । 

नेता कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई यस अघि तनहुँ  जिल्ला प्रशासन कार्यालयले  धरौटी बुझाएर रिहा गर्ने आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुन गिरफ्तार गरेको थियो ।

सरकार/ गृह प्रशासनलाई  नेताद्वय कपिलदेव भट्ट र योगेन्द्र कुमालको  स्थिति  अबिलम्ब सार्वजनिक गर्न र   रिहा गर्न पनि परिवारजनले माग गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा