भदौ २६, काठमाडौं–लामो अन्योलतापछि मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । उनी अहिले सोही सहमतिकै लागि मलेसियामा छन् ।

मलेसियाली अधिकारीसँग भएको छलफलबाट विगतमा भएका सबै समझदारी कार्यान्वयन गर्ने गरी सहमति गरिएको घिमिरेले जानकारी गराए । उनका अनुसार मलेसिया रोजगार आजैबाट खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा छन् । यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिने दाहालले बताए ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।
‘मलेसियामा सुरक्षा गार्डलाई अर्कै व्यवस्था गर्ने कि भन्ने थियो तर पुरानै व्यवस्था अनुसार सेक्युरिटी गार्डका लागि जान पाउने गरिएको छ । अहिले घरेलु कामदार भने जान पाउँने छैनन’, दाहालले भने ।
नेपाल सरकारले घरेलु कामदार पठाउँदा सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी छुट्टै कानुन हुनुपर्ने भनेकाले मलेसियामा सोको लागि कानुन बन्ने प्रक्रियामा रहेको भन्दै हाललाई नेपालबाट घरेलु कामदार जान नपाउँने व्यवस्था गरिएको दाहालले उल्लेख गरे ।
मलेसिया जाने कामदार माथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते श्रम मन्त्रालयले मलेसिया श्रम स्विकृतिमा रोक लगाएको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत