September 12, 2019

राष्ट्रिय युवा संघ नेपालले टुंग्यायो एकीकरण ( यस्तो छ निर्णय)

 

भाद्र ३६, काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ । युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो । 

बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ । 

त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको सचिवालयमा युवासंघबाट ५७ र वासिएलबाट ५२ जना गरी थप्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यालयको नौ सदस्यका लागि युवासंघबाट ५ र वाइसिएलबाट चार जना चयन गरिने, संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने निर्णय पनि गरेको छ । 

त्यस्तै यसअघि पारित मस्यौदा विधानमा यो निर्णय समावेस गरेर पारित गरिएको राष्ट्रिय युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सात प्रदेशमध्ये ४ मा तत्कालीन युवासंघ र ३ प्रदेशमा तत्कालीन वासिएलले संगठनात्मक नेतृत्व लिने तथा ७७ मध्ये ४२ मा साविक युवासंघ र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक