भाद्र ३६, काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ । युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको सचिवालयमा युवासंघबाट ५७ र वासिएलबाट ५२ जना गरी थप्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यालयको नौ सदस्यका लागि युवासंघबाट ५ र वाइसिएलबाट चार जना चयन गरिने, संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने निर्णय पनि गरेको छ ।
त्यस्तै यसअघि पारित मस्यौदा विधानमा यो निर्णय समावेस गरेर पारित गरिएको राष्ट्रिय युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सात प्रदेशमध्ये ४ मा तत्कालीन युवासंघ र ३ प्रदेशमा तत्कालीन वासिएलले संगठनात्मक नेतृत्व लिने तथा ७७ मध्ये ४२ मा साविक युवासंघ र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको जनाएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र