सिरियामा हवाई हमला, १८ इरानी सैनिक मारिए !

syria-air-attackसिरियाको उत्तरपश्चिमी क्षेत्रमा हवाई हमला गरिएको छ । सिरियाको ुसिजफायर जोनु मा हमला गर्ने घोषणा गरेको १० दिनपछि उक्त क्षेत्रमा पहिलो पटक हवाई हमला भएको विद्रोही समूहका प्रवक्ताले मंगलबार बताएका रोयर्टसले जनाएको छ ।

यसअघि सिरियाली सरकारलाई समर्थन गरिरहेको रसियाले अगस्ट ३१ मा विपक्षीले कब्जा गरेको उत्तरपश्चिम क्षेत्र इड्लिबमा युद्धबिराम गर्ने सहमति भएको थियो । दुई वर्षअघि पनि उक्त क्षेत्रमा हवाई हमला भएको थियो । रसियाले गत अगस्ट ३१ यता सिरिया र रसियन लडाकु विमानहरुमा पठाएको थिएन । यद्यपि त्यहाँ स्थलगत आक्रमण भने भइरहेका थिए । 

संयुक्त राज्य अमेरिकाले आफ्ना सेनाले अलकाइदा विरुद्ध इड्लिबमा आक्रमण गरेको बताएको छ । बेलायतस्थित सिरियाली युद्धका समयमा हुने मानव अधिकारविरुद्धका घटनाको अनुगमन गर्ने निकाय ुवार मोनिटरु ले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको जाबल अल(अकरद पहाडको माथिबाट दुईवटा लडाकु विमान आएको बताएको छ । 

तर, मध्यरातमा गरिएको हमला कसले गरेको भन्‍ने स्पष्ट हुन सकेको छैन । उक्त हमलामा १८ इरानी र इरान समर्थक सेनाहरु मारिएको बीबीसीले जनाएको छ । यसअघि २९ अगस्ट शुक्रबार रसियाले उक्त क्षेत्रमा विद्रोही समूहले पकड बलियो हुँदै गएकोले हमला गर्ने घोषणा गरेको थियो । संयुक्त राष्ट्र संघले भने इड्लिब प्रान्तमा हमला गरेमा करिब तीन मिलियन मानिहरु जोखिममा पर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत