काठमाडौं।
अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ । नेपालले टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा यत्तिको लक्ष्यलाई डिफेण्ड गर्न सकिने मानिन्छ । नेपाललाई प्रतियोगितामा कायम रहिरहन आजको खेल जित्नैपर्ने हुन्छ । आजको खेल जितेमा नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । किनकि नेपालले अर्को खेल समूहमा सबैभन्दा कमजोर देखिएको युएइसँग मात्र खेल्न बाँकी हुनेछ ।
आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्ले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा