September 7, 2019

राजपाका नेताहरु संविधान दिवसका दिन कालो दिवस मनाउने

भाद्र २१, जनकपुर : प्रदेश २ का मन्त्रीहरु संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर विभाजित देखिएका छन् ।  प्रदेश २ सरकारका सत्तारुढ समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस मनाउने पक्षमा उभिँदा राष्ट्रिय जनता पार्टी नेपालका मन्त्रीहरु भने संविधान दिवसका दिन कालो दिवस मनाउने अडानमा छन् ।  

राजपाले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश दुई सरकारमा सहभागी राजपाका मन्त्रीहरु समेत पार्टीकै निर्देशनमा अगाडी बढ्ने मनस्थितिमा छन् । समाजवादी पार्टीका मन्त्रीहरु भने, पार्टीको निर्णय जे आएपनि सरकारको हैसियतले आफैं स्वविवेक प्रयोग गर्ने मनस्थितिमा छन् ।  

प्रदेश २ सरकारमा राजपाको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश दुई सरकारले असोज ३ गते भव्यतापूर्वक संविधान दिवस मनाउने बारे आफू लगायत राजपाका कुनै मन्त्रीलाई जानकारी नगराईएको बताए । ‘प्रदेश दुई सरकारको मन्त्रीपरिषदबाट जुन दिन संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको थियो त्यो दिन म उपस्थित थिइन भने, उक्त दिन राजपाका हाम्रा साथीहरु पनि उपस्थित थिएनन् ।’ उनी भन्छन् ।  

संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्ष गर्न सक्ने स्थिति नरहेको सोनलले बताए । ‘जुन संविधान जारी गर्नका लागि मधेशी जनता माथि लाठी चार्ज गरियो, कफर््यु लगाइयो, गोली दागियो त्यो संविधानका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी कालो दिवसकै रुपमा मनाउँछौँ ।’ उनले भने । संघ सरकारका एक मन्त्रीले संविधान दिवसकोे बिरोध गर्नेलाई कारबाही गर्छौं भन्ने प्रश्नमा मन्त्री सोनलले ‘आवाज उठाउँदैमा कारबाही गर्ने ? हिम्मत छ भने कारबाही गरेर देखाओस ।’ भन्ने प्रतिक्रिया दिए ।  

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले संविधान दिवस मनाएपनि उत्साहपूर्वक नमनाउने बताए । उनले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेको दिन राजपाका मन्त्रीहरु अनुपस्थित रहेको स्वीकार गर्दै छिट्टै उनीहरुलाई पनि जानकारी गराइने बताए । ‘संविधान दिवस मनाउँदैमा हामीले संविधान संशोधनको मुद्दा बिर्सि सकेका छौँ भन्ने होइन, हामीले यो संविधानलाई आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ ।’ उनले भने ।  

यादवले यही संविधानको बलमा हामी सरकारको नेतृत्व गरिरहेको बताउँदै सोही संविधानको नाममा सपथ ग्रहण गरेर मन्त्री भएकोले नैतिकरुपमा संविधान दिवस मनाउनु पर्ने बताए । समाजवादी पार्टीले संविधान दिवसको बिरोध गर्ने निर्णय गर्छ भने त्यसपछि के गर्नु हुन्छ प्रश्नमा मन्त्री यादवले पार्टीको निर्णय आएपछि मात्रै त्यस विषयमा विचार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा