September 4, 2019

बामदेव  प्रधानमन्त्री भेट्न  सिंगापुर जाँदै

Image result for kp with bamdev

भाद्र १८, काठमाडौँ । बुधबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि  प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  सिंगापुर जाने भएका छन् ।

हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न र महत्वपूर्ण  छलफलका लागि  उपाध्यक्ष गौतम सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न मंगलबार नै उपाध्यक्ष गौतम  पार्टीका महासचिव विष्णु पौडेलसँगै जाने भनिएता पनी पौडेल एक्लै सिंगापुर गएका थिए । पछी प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई फोन गरी बालाएपछी उनी आज दिउँसो १ बजेको फ्लाईटमा सिंगापुर जान लगेका हुन् ।

निजी सचिवालयको जानकारी अनुसार उपाध्यक्ष गौतम सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएपछी बामदेम पनी सिंगापुर प्रस्थान हुन लागेको सचिवालयले जनाएको छ ।

भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओलीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार गरिएको थियो भने आज अन्तिम चरणको उपचार प्रक्रिया हुनेछ ।

प्रधानमन्त्री ओली आगामी शुक्रबार सम्म स्वदेश फर्कने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक