September 3, 2019

रवि लामिछाने पुगे उच्च अदालतको शरणमा

भाद्र १७, काठमाडौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल उच्च अदालत हेटौँडा पुगेका छन् ।

Image result for yubaraj kadel

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेकाे आरोपमा पक्राउ परेका लमिछाने र कँडेल धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिन पुगेका हुन् ।  

साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले मृत्यु हुनु भन्दा अघी आफूले आत्महत्या गर्नुको कारण लामिछाने, कँडेल र रुकु भन्ने  अस्मिता कार्की भएको भन्ने भिडियो सार्वजनिक भएपछी रवी लगायत तीनै जना पक्राउ परेका थिए ।  

 पक्राउ परेका तीनै जना चितवन जिल्ला अदालतकाे थुनछेक बहसपछि लामिछाने पाँच लाख रुपैयाँ, कँडेल तीन लाख रुपैयाँ र कार्की साधरण तारेखमा रिहा भएका थिए ।  

अदालतका उक्त आदेश प्रति असन्तुष्टी  जनाउँदै लामिछाने सहित कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालत अदालतमा निवेदन दर्ता गराएका छन् ।

बुधबार उनीहरुको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा