
भाद्र १५, भक्तपुर । पूर्वीबाट फैलँदै गएको डेङ्गु भक्तपुरमा देखा परेको छ । भक्तपुर जिल्ला डेङ्गको उच्च जोखिममा परेको छ । गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले भक्तपुर जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए । ‘गत वर्षको तुलनामा यस वर्ष डेङ्गुको विरामी बढेका छन् ।’ न्यौपानेले भने ।
भक्तपुरमा अहिले सम्म १२ जनामा डेङ्गुको संक्रमण देखिएको छ । कार्यालयका अनुसार भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परिसकेको छ । यस मध्ये दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुर अस्पतालमा डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेले गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा डेङ्गु रोगको जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।
कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घर वरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पूर्वी नेपालको धरान, इहटरीमा डेङ्गुको महामारी नै फैलिएको थियो । त्यसपछि डेङ्गु चितवनमा समेत देखा परेको थियाे । जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। यसैबीच एक जनाको मृत्युसमेत भएको छ।
स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन्। जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा