अमेरिकामा फेरि अर्को गोलीकाण्डः पाँचको मृत्यु, २१ घाइते

ह्युस्टन / अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।
देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन । “टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको थियो । त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थियो,” ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भन्नुभयो ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भन्नुभयो । घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराउनु भएको उल्लेख गर्नुभएको छ । उहाँले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रुपमा परिचालन गरिएको पनि बताउनुभयो ।

टेक्सासका गभर्नर जर्ज अब्बेटले एक वक्तव्य जारी गर्दै क्रुर र विवेकहीन घटनाबाट आफू र आफ्नी श्रीमती अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ । गत अगस्ट ३ मा टेक्सासको एल पासोमा भएको यस्तै गोलीकाण्डमा २२ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)