भाद्र ९, चितवनमा : चितवनमा रविको समर्थक र प्रहरी बीच झडप भएको छ ।

साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रविको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले रविको समर्थन गर्दै प्रदर्शनमा उत्रेका उनका समर्थकमाथी अश्रुग्यास समेत प्रहार गरेका छन् ।
प्रदर्शनको क्रममा बाईपास रोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक र ना १ ज ७०६९ नम्वरको म्याजिक भेन समेत तोडफोड भएको छ ।
गत साउन २० गते चितवनस्थित होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आफ्नो हत्याको दोष लागाउँदै खिचेको भिडियो सार्वजनिक भएपछि सोही भिडियोको आधारमा रवि सहित तीनै पक्राउ परेका थिए ।
जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी चितवनमा दैनिकी जसो उनको रिहाईको लागि उनका समर्थकले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गर्दै आईरहेका छन् । आज चितवनमा प्रहरीलेले चौबीसकोठी देखि मालपोत चोक सम्म पाँच जना भन्दा बढी जम्मा हुन, हिँँड्डुल गर्न रोक लागएको छ भने रबीको रिहाईको माग गर्दै सुनाकोठीमा प्रदर्शनमा उत्रेका उनका समर्थक माथी अश्रुग्यास समेत प्रहार गरेका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा