भदौ ८,काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरूत्साहन गरेको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना आइतवार (आज) पनि हिरासतमै रहने भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध आइतवार नै आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।
अदालतमा आइतवार अस्मिताको बयान सकिएको छ । रवि र युवराजको बयान नसकिएकाले तीनै जना आजपनि हिरासतमै रहने भएका छन् ।
अदालतले दुईपटक गरी दिएको १० दिनको समय हिजो शनिवार नै सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा लामिछाने, कंडेल र कार्कीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाइएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा