भदौ ८,काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक बहस शुरु भएको छ । सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा थुनछेक बहस जारी छ ।

अब के हुन सक्छ ?
सो थुनछेक बहसपछि ३ वटा सम्भावना रहने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन् । पहिलो, सुनुवाईका क्रममा प्रथम दृष्टिमै दोषी देखिने प्रमाण पाएमा उनीहरुलाई थुनामा पठाउन सक्ने । दोस्रो, केही प्रमाण देखिएमा र केही संदिग्ध देखिएमा धरौटी मागेर साधारण तारेखमा छाड्न सक्ने र तेस्रो, केही नै प्रमाण नपाएमा अदालतले रिहा गर्न पनि सक्ने ।
तीनैजना अभियुक्त बयानका लागि अहिले इजलासमा छन् । अस्मिताको बयान जारी छ । आज सबैको बयान नसकिएमा भोलि पुनः बयान लिइनेछ । बयान सकिएपछि थुनछेक प्रक्रिया सुरू हुनेछ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा