August 25, 2019

रवि लामिछानेको मुद्दा सरकारी वकिलकोमा पेश

८ भदौ, चितवन चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पुडासैनी चितवनको कङारु होटलको एक  कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा