August 2, 2019

यी कुरामा ध्यान दिएर सामाजिक सञ्जाल चलाए सुरक्षित

  सामाजिक सञ्जाल चलाउँदा यी कुरामा ध्यान दिनुस्

श्रावण १७,काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले आवश्यक जानकारीसहित विभिन्न कार्यक्रम गर्न लागेको हो । 

नेपालमा पछिल्लो समय समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर क्राइमका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले यी कुरामा ध्यान दिन सुझाव दिएको छ 

–समाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं । जस्तै iambikash95 को बदलामा iamb!k@sh_95प्रयोग गरेमा एकाउन्ट थप सुरक्षित हुन्छ ।

–आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं ।

–आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।

–अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।

–आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।

–आफ्नो तस्बिर वा भिडियोहरु शेयर गर्दा आफूले चाहेको साथी वा व्यक्तिले मात्र हेर्न, कमेन्ट गर्न मिल्ने गरी सेयर गरौं । यसका लागि आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ मिलाऔं ।

–इन्टरनेटमा देखिएका सबै सत्य र असल नहुन पनि सक्छ । च्याट,कमेन्ट,म्यासेजको आधारमा मात्र सबैसँग नजिक हुने वा भेट्न जानु जोखिमपूर्ण पनि हुन सक्छ ।

–आफूले प्रयोग गर्ने मोबाइल, कम्प्युटर बाहेक जुन पायो त्यही उपकरणबाट ईमेल वा सामाजिक सञ्जाल लग इन नगरौं । यदि अत्यावश्यक परेर लग इन गर्नु परेमा लग इन पश्चात् लग आउट गरौं ।

–सामाजिक सञ्जाल हामीलाई एक आपसमा जोड्नको लागि हो । कुनै पनि जाति,धर्म,वर्ण, लिङ्ग वा सम्प्रदायप्रति लक्षित तस्विर, भिडियो लिङ्क, ट्यागहरु क्लिक गरेर, प्रतिक्रिया दिएर, सेयर गरेर यसको गलत प्रयोग नगरौं । यस किसिमका सामग्रीलाई तत्काल रिपोर्ट गरौं ।

–च्याट, कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरौं ।

–आफ्ना साथी वा प्रेमी प्रमीकाहरुसँग आफ्नो व्यक्तिगत गोप्य तस्विरहरु आदानप्रदान नगरौं । कुनै पनि सम्बन्धको निश्चित सिमाना कायम राखौं ।

–कसैले नराम्रो असभ्य वा अश्लिल फोटो,भिडियो,म्यासेज पठाएमा आफ्नो अभिभावकलाई खबर गरौं । प्रहरीकहाँ कसरी खबर गर्ने आफू पनि सिकौं र साथीहरुलाई पनि भनौं ।

–विद्युतीय वा साइवर अपराधको प्रमाण सजिलै नष्ट गर्न सकिने भएकोले प्रहरीमा रिपोर्ट गर्दा त्यस्ता सामग्रीको स्क्रिन सट र त्यस्ता व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनुपर्छ ।
–अकाउन्ट सुरक्षाको दृष्टिकोणले Two Factor Authentication को प्रयोग गरौं । जस्तै एकाउन्ट लगइन गर्दा पहिला तपाईको फोनमा म्यासेज आउने र सो कोड प्रयोग गरेर मात्र ईमेल वा सामाजिक सञ्जाल लग इन गर्न सकिने ।

–ईमेल वा सामाजिक सञ्जालको कुनै पनि खाताको रिकभरी अप्सन मा आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर पनि प्रयोग गर्नुहोस् । यदि आफूले प्रयोग गरिरहेको र सो खाताको रिकभरी अप्सनमा रहेको मोबाइल नम्बर कुनै कारणवश परिवर्तन गर्नुपरेमा, हराएमा सामाजिक सञ्जालमा प्रयोग भएको सो मोबाइल नम्बर पनि परिवर्तन गर्न नभुलौं ।

–यदि कुनै ईमेल खाता प्रयोग गरेर फेसबुक, ट्विटर, ईन्स्टाग्राम,स्न्याप च्याट आदि खोल्नु भएको छ भने सबै (सोसियल मिडिया÷ईमेल) एकाउन्टमा एउटै पासवर्ड प्रयोग नगरौं । ईमेल पनि समय समयमा चेक गरौं ।

–बाबु, आमा,अभिभावकहरु आफ्नो सन्तानको सामाजिक सञ्जालमा साथी बनेर जोडिनुहोस् ताकि उनीहरुको क्रियाकलापको जानकारी होस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत