August 1, 2019

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने मन्त्री भट्टराईको घोषणा

१६ श्रावण , काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

Image result for उडड्यनमन्त्री योगेशकुमार भट्टराई

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने बताए।

‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यही हुनेछ, जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘त्यो दिन प्र्रधानमन्त्रीले मलाइ भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु।’ 

मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए।

मन्त्री भट्टराईले केही दिन भित्र आफ्नो कार्ययोजना संचार माध्याममार्फत् सार्वजनिक गर्ने जानकारी दिए। उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आर्दश नेताको रुपमा स्मरण गर्ने गरेको बताए। यस अघि भट्टराईले जनयुद्धहरुका सहीदहरुको शालिकमा पनि माध्यार्पण गरेका थिए।

कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए। बुधबार पनि उनले मन्त्री पदको सपथ लिने वित्तिकै लैनचौरस्थित सहीद पार्कमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा