July 30, 2019

अमेरिकामा अन्धाधुन्द गोली प्रहार, दुई बच्चासहित तीन जनाको मृत्यु

 

banner१४ श्रावण , बीबीसी। अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिवलमा गोलीबारी हुँदा दुई बच्चासहित तीन जनाको मृत्यु भएको छ।  प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ६ वर्षका बालक र १३ वर्षीया बालिकासमेत रहेका छन्। यो गोलीबारीमा १५ अन्य घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार आइतबार साँझ भएको घटनाका अभियुक्त प्रहरी कारवाहीमा मारिएका छन्। यो आक्रमणमा अन्य कसैको हात भए नभएको विषयमा प्रहरीले जाँच गरिरहेको जनाएको छ।

प्रहरीले मारिएका आक्रमणकारीको पहिचान गरेको छ। १९ वर्षीय स्यान्टिनो विलियम लेगानले गोली चलाएको प्रहरीले पुष्टि गरेको छ। आक्रमणकारीले ‘गिलराय गार्लिक फेटिस्वल’ मा स्थानीय समय अनुसार आइताबर साँझ गोली प्रहार गरेका थिए।

प्रहरीका अनुसार प्रहरी कारवाहीमा मृत्यु भएका आक्रमणकारीबाट असल्ट राइफल बरामद गरेको छ, जुन उनले अवैध तरिकाबाट किनेका थिए। स्थानीय संचारमाध्यमले गोलीबारीमा मृत्यु भएको ६ वर्षीय बालकको पहिचान स्टीफन रोमेरोको रुपमा गरेको छ।

स्टीफनकी आमा  र दिदी पनि गोली लागेर घाइते भएका छन्। यद्यपी प्रहरीले मृत्यु भएका कसैको नाम पनि आधिकारिक रुपमा पुष्टि गरेको छैन। प्रहरीका अनुसार गोलीबारीमा करिव २० वर्षका युवकको पनि मृत्यु भएको छ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत