काठमाडौं, ११ साउन : आइसिसी टी २० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ । यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ । सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ । जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ । अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।

शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङमा पारसले ६८ रन जोडे । यसअघि मलेसियाविरुद्धको खेल चोटका कारण गुमाएका पारस उत्कष्ट लयमा देखिएका थिए । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । पारसको यो टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक हो । त्यसअघि पारसका ओपनिङ पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बनाए ।
दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट भए । शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे । शरदले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिए । त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।
कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड । अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए । बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा