काठमाडौँ, 7, साउन । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ ।फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन् । भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुरलगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन् । यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उहाँले दिनुभयो । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्स मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिनुभयो । कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उहाँको सुझाव छ ।
रघुवंशी भन्नुहुन्छ, “फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महŒवपूर्ण डाटा हुन्छन् । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन् । ” “फेस एप्समा सङ्कलन गरिएको डाटा कम्पनीबाट हटाउन सकिँदैन”, उहाँले थप्नुभयो, “वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छोड्नुपर्छ । ” विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१७ मा पहिलोपटक रुसीहरूले ‘फेस एप्स’ सार्वजनिक गरेका थिए । ‘फेस एप्स’मा सुरक्षा चुनौती धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन् ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।