प्रहरीले एक युवकको साथबाट लागुऔषध सहित पेन गन बरामद गरेको छ ।
कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले ती यूवालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–२४ घर भई पोखरा–७ बस्ने सागर रानाभाटको साथबाट प्रहरीले पेनगन र लागुऔषध बरामद गरेको हो। लागुऔषधविरुद्ध निगरानी बढाएको प्रहरीले हातहतियारको कारोबार गर्ने पत्ता लागेपछि गत सोमबार रानाभाटलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले रानाभाटको साथबाट फेनारगन थान–६०, ब्रुप्रिनर्फिन थान–६०, डाइजेपाम थान– ६०, नाइट्रोसन १५ चक्की बरामद गरेको थियो।
रानाभाटले लागुऔषध सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान पश्चात निजको डेरा खानतलासी गर्दा प्रहरीले पेनगन र लागुऔषध बरामद गरेको हो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने