त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको जहाज चिप्लियो, उडान–अवतरण ठप्प

यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको छ। नेपालगञ्जबाट आएको फ्लाइट नं. एनवाइटी-४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु थिए। २ जना शिशु समेत सवार यतिले जनाएको छ।

biratnagar-airport

सबै सकुशल रहेको कम्पनीले दाबी गरेको छ। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजमा चढेर आएका दुई जना घाइते भएका छन्। अन्य यात्रुलाई सकुशल उद्धार गरिएको छ। 

 करिब ११ बजे ९एन- एएमएम कसाइन भएको जहाज चिप्लिएपछि विमानस्थलमा रहेका ३ वटा दमकल परिचालन गरिएको उनले बताए। अहिले थप उद्धार कार्य भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण ठप्प

चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएका छन्। 

काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएका छन्। दुबईबाट आएको नेपाल एयरलाइन्सको ९ एन एएलवाई जहाज दिल्ली डाइभर्ट गरिएको छ। दिल्लीबाट आएको रोयल भुटान एयरलाइन्सको जहाज थिम्पुस्थित पारो डाइभर्ट भएको छ। बैंककबाट आएको थाइ एयरवेजको टीजी ३१९ उडान ढाका डाइभर्ट  गरिएको छ।

यो बाहेक करिब दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्। धावनमार्गमा रहेको जहाज हटाउन प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा