July 8, 2019

‘तरकारी रोक्ने निर्णय गरिहालेँ, क्षमता नै रहेनछ’ : मन्त्री यादव

असार २३,काठमाडौं : एउटा विषयले बजार गरम छ । माननीय जीहरु पनि तान्नु भएको छ । बडा खुसीको कुरा हो । नेपाली जनताको हकहितका लागि तात्नु राम्रो कुरा हो । तर कुन प्रलोभन, कुन नियतले त्यो प्रश्न कहाँबाट उठिरहेछ ? लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरुको अहिले अर्कै फूर्तीफार्ती देखिन्छ ।

Image result for संसदमा उद्याेगमन्त्री मातृका यादव

हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्याैँ । त्यसका लागि जाँच गरेर ल्याउने तयारी सुरु गर्यौँ । तर त्यसका लागि हामीसँग क्षमता नै रहेनछ । म सबै माननीयज्युहरुसँग आग्रह गर्न चाहन्छु । एक पटक गएर कृषि मन्त्रालयको उचाई बुझ्नुपर्यो, क्षमता कति छ ।

हामीले त राम्रै गर्न खोजेका थियौँ । निर्णय त गर्यौँ । तर कृषि मन्त्रालयमा त्यो क्षमता रहेनछ भन्ने हामीलाई थाहा थिएन । यो मेरो कमजोरी हो । हामी अघि बढेकै थियौँ । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराध वा केही बुझ्छ भने अर्कै कुरा हो । हुन त मैँले हिजो नै जवाफ दिनुपर्ने हो तर, आफ्नै कारणले गर्न आउन सकिनँ ।

आज पनि यसको विरोधमा नारा जुलुस छ, लामो जाम छ । आफू त्यत्रो लामो समयसम्म बस्दाखेरी केही गर्न नसक्ने । सरकारले अहिले गर्न खोज्दा तर केही नपुगेको अवस्थामा चैँ विरोध गनुपर्ने ?

मन्त्रीजीले के जवाफ दिनुभयो थाहा छैन । तर उहाँकै बाट के जवाफ आएको छ भने हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्र अन्तराष्ट्रिय स्तरको प्रयोगशाला रहेको । काठमाडौंमा मात्र रहेको र अरु ठाउँमा नरहेको । सचिवले पठाउनु भएको पत्रमा छ । मन्त्रीजीले पनि सचिवले पठाएको पत्र पढ्नु भएन कि मैँले जस्तै । कस्तो हुन्छ भने नि, सचिवले ल्याउँछन्, हामी विश्वास गरेर सही गरिदिन्छौं ।

तर नेपाल विचित्रको भयो । प्रतिपक्ष रचनात्मक हुन्छ रे । यहाँ त पक्ष नै कस्तो न कस्तो देखियो । पक्षका साथीहरुले पनि कस्ता कस्ता प्रश्न उठाउन थाले । रचनात्मक हो कि ध्वंशकारी ? जिज्ञाशा राख्नु एउटा कुरा हो, उफ्रिनु अर्कै कुरा हो । यहाँ दुईवटा प्रवृत्ति देखिन्छ । एउटा, पाएपछि जे पनि गर्न खोज्ने । अर्को, विपक्षीमा बस्यो वा कुर्सीमा जान पाएन भने पुरै अराजक बनिदिने । यसले देश निमार्णय हुँदैन । यथार्थमा टेकेर बहस गरौं । हामी पनि कमजोरी स्वीकार गर्छौं तर तिललाई पहाड बनाउनु राम्रो होइन । माननीयजीहरु पनि हावाको तलमा बोल्नु भएन । गएर हेर्नुस्, हाम्रो के क्षमता छ ।

फेरि आज हामीले बिगारिदिएको होइन । छैँदै छैन के बिगार्नू ? अनि विदेशीको अगाडि झुक्यो रे ? जसको आफ्नै बानी छ झुक्ने, तिनीहरुले विदेशीको अगाडि झुक्यो भनिरहेका छन् । न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्ने हो ।

म के विश्वास दिलाउन चाहन्छु भने हामी कसैको दबावमा पर्ने छैनौं । व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गयौं । भाउ बढ्न थाल्ने भयो । त्यसअनुसार निर्णय गरिएको हो ।

(राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा सांसदहरुले उठाएका प्रश्नमा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दिएको जवाफ)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा