‘लाइसेन्स लिएपछि हिलमा लङ ड्राइभ जान्छु’

अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा ख्याती कमाएका नेपालका खेलाडीहरु मध्ये एक हुन्, सन्दीप लामिछाने। अघिल्लो वर्ष इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) ले सन्दीपलाई अनुबन्ध गरेपछि उनले नाम र दाम दुबै कमाए।

दिल्लीमा पहिलो सिजन आइपीएल खेलेर स्वदेश फर्किंदा सन्दीपले भव्य स्वागत पाए। सँगै उनलाई आफूसँग जोड्न विभिन्न कम्पनी तथा फर्महरु सक्रिय देखिए। सोही क्रममा नेपाली क्रिकेटसँग पहिलेदेखि जोडिँदै आएको सिप्रदी ट्रेडिङ प्रा.लिले सन्दीपलाई कार उपहार दिने भयो। पहिलो पटक कार उपहार पाएको बदलामा सन्दीप बने, नेपालमा टाटाको ब्रान्ड एम्बास्डर।

पहिलो सिजनमा आइपीएलका दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँदै सनसनी मच्चाएका सन्दीपको औपचारिक पहिलो कार सिप्रदीले ब्राण्ड एम्बास्डर घोषणा गर्दै दिएको टाटा टिगोर नै हो। त्यसबेला सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले सन्दीपलाई टाटा टिगोर कार हस्तान्तरण गरेका थिए। जसको तत्कालिन बजार मूल्य २४ लाख ९५ हजार रुपैयाँ थियो।

Sandeep55

कार पाएवापत तीन वर्षसम्म नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीसँग रहेर यो ब्राण्डको प्रवद्र्धन गर्नुपर्ने सम्झौता गरेका सन्दीपले उपहार पाएको टाटा टिगोर भने चढेनन्। सन्दीपको रोजाईको कार भने टाटा नेक्सन थियो। कम्पनीसँग कुरा गर्दै केही रकम थपेर सन्दीपले भर्खरै नेपाली बजारमा भित्रिएको र युवापुस्ता माझ लोकप्रिय बन्दै गएको टाटा नेक्सन लिए। यसरी सन्दीपले चढेको पहिलो कार टाटा नेक्सन बन्यो। हालपनि सन्दीप त्यसैमा सफर गर्छन्।

१६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम, कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण टाटा नेक्सेन सन्दीप जस्तै युवाहरुमाझ लोकप्रिय बनेको छ। तर सन्दीपले धितमार्ने गरी आफ्नो पहिलो कार भने चढ्न पाएका छैनन्। कारण, खुलाउँदै रमाइलो पारामा उनले भने, ‘कार लिएपछि नेपालमा कहाँ बस्न पाएको छु र।’

पहिलो सिजनको आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप विश्वभरका फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामा एकपछि अर्को गर्दै व्यस्त भए। वेस्ट इण्डिजको क्यारबियन प्रिमियर लिग, ग्लोबल क्यानडा टि–२०, अस्ट्रेलियाको बिगबास लिग, टि–१० लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग लगायतका प्रतियोगिता खेल्ने दौड धुपले सन्दीप पछिल्लो एकवर्षमा केही महिना पनि नेपाल बस्न पाएका छैनन्।

लामो समय नेपाल बस्न नपाएपनि प्रतियोगिताको अन्तरमा भने केही दिनका लागि सन्दीप नेपाल आइरहन्छन्। त्यसै अन्तरमा गतवर्ष परिवारसँग कारमा मनकामना मन्दिर दर्शन र लुम्बिनी जाँदाको मिठो सम्झना उनीसँग छ। ‘थोरै समय भएपनि परिवारसँग रमाइलो गफगाफसहित घुमफिर गरेको थिएँ,’ सन्दीपले स्मरण गरे।

कार हुँदा र नहुँदाको आफ्नो लाइफस्टाइलमा खासै परिवर्तन नआएको उनको अनुभव छ। साथीभाईसँग आफै ड्राइभिङ सिकेका सन्दीप यात्रा गर्न भने कारले सजिलो बनाएको बताउँछन्।

‘कारले एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न त सजिलो बनाएको छ,’ हाल आइपीएल खेलिरहेका सन्दीपले दिल्लीबाट अटोस्पीडसँगको इमेल कुराकानीमा भने, ‘काठमाडौंको ट्राफिक जामले भने वाक्क दिक्क बनाउँछ। व्यवस्थित भैदिएको भए हुन्थ्यो।’

सन्दीपले हिल एरियामा कारमा लङ ड्राइभमा जान मनपर्ने बताए। तर, त्यो संयोग भने अहिलेसम्म जुरेको छैन्। कारमा यात्रा गर्दा सन्दीपलाई साथ दिनेमध्येका एक हुन्, उनका नेपाली व्यवस्थापक रमन शिवाकोटी। सन्दीपले टाटा नेक्सन लिँदा उनको उमेर १८ वर्ष पुगेको थिएन्, जुन लाइसेन्स लिन र ड्राइभिङ गर्नका लागि पर्याप्त होइन। उमेरकै कारण उनले लाइसेन्स पनि बनाउन पाएका थिएनन्। त्यसकारण पनि सन्दीपको प्रायः यात्राको साथी बन्थे, व्यवस्थापक शिवाकोटी। सन्दीप बाहिर जाँदा कार पनि शिवाकोटीकै जिम्मा छाडेर जान्छन्।

अहिले भने उनी लाइसेन्स लिने प्रक्रियामा छन्। ‘लाइसेन्स लिएपछि लङ ड्राइभमा जान मन छ। त्यो पनि हिल एरियामा,’ सन्दीपले आफ्नो इच्छा सुनाए। 

सन्दीपसँग कार गफ:

तपाईंको पहिलो कार?
टाटा नेक्सन।

कार चलाउन कसरी सिक्नु भो?
साथीहरुसँग गएर आफै सिकेको।

लाइसेन्स लिनु भो?
प्रक्रियामा छ।

ट्राफिकले कहिल्यै सताएको छ?
छैन्।

कारमा गरेको सबैभन्दा लामो यात्रा?
काठमाडौंदेखि भैरहवा।

काठमाडौंको जाममा कार चढ्दा कस्तो लाग्छ?
वाक्क दिक्क लाग्छ। व्यवस्थित भैदिएको भए हुन्थ्यो।

लङ ड्राइभ कत्तिको मनपर्छ?
एकदमै मनपर्छ। अझै पहाडी एरियामा त झन्।

कसैले लिफ्ट माग्यो भने दिनुहुन्छ?
आवश्यकता परेको मान्छेलाई दिन अप्ठ्यारो लाग्दैन्।

आफु बाहिर भएको बेला कार कहाँ छाड्नुहुन्छ?
रमन (शिवाकोटी) दाईको जिम्मामा।

तपाईंको ड्रिम कार?
लाम्बोघ्रिनी

Sandeep2

र, बिएमडब्लु बाइक पनि भित्र्याए

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर नेपाल फर्केका सन्दीप लामिछानेले झन्डै १० लाख मूल्यमा बिएमडब्लु बाइक किनेका छन्। बिएमडब्लु कम्पनीको ३१३ सिसीको बाइक ९ लाख ७५ हजार रूपैयाँमा किनेपछि सन्दीपले ‘आफ्नो परिवारमा नयाँ सदस्य थपिएको’ भन्दै सामाजिक सञ्जालमा बाइकको तस्बिर सार्वजनिक गरेका थिए।

काठमाडौंको नारायणचौर नक्सालस्थित बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराडको शो रूमबाट सन्दीपले बाइक किनेका हुन्। आइपिएलमा उनको टिम तेस्रो बनेपछि सन्दीपले २० लाख पारिश्रमिकसहित करिब ५५ लाख रूपैयाँ पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा