सिंगापुरलाई २१७ रनले हराउँदै नेपाल समूह विजेता !

  नेपाल समूह विजेताका रुपमा एसीसी यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल मैदानमा शुक्रबार भएको समूहको अन्तिम खेलमा सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो।

समूह ए बाट नेपालसँगै पराजित सिंगापुर पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो। यस समूहका दुबै खेलमा पराजित हुँदै चीन भने बाहिरिएको हो।

नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमा समेटियो। 

सिंगापुरका हरी कुक्रिजाले ३०, कान्नुसामी साथिसुले २४ तथा चन्द्र मौली श्रीदेवले २३ रन जोडे। 

नेपालका कुशल मल्लले ४ तथा तिलक राज भण्डारीले २ तथा रासिद खान र सागर ढकालले समान १-१ विकेट लिए। 

त्यसअघि रित गौतमको शतकको मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो। 

नेपालका लागि ओपनर रितले अविजित १ सय १५ रनको उत्कृष्ट शतकीय पारी खेले। सम्हालिएर खेलेका रितले १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरे। 

पहिलो विकेटका लागि रित र पवन सर्राफबीच ९२ रनको साझेदारी भएको थियो। १५औं ओभरको चौथो बलमा भिनित मेहताले पवनलाई भिदान्त छिन्चोल्करको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। 

पवनले ४१ बल खेल्दै ४५ रन जोडे। उनले १० चौका प्रहार गरे। दोस्रो विकेटका लागि रितले खडकबहादुर बोहरासँग १ सय ३१ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ अघि बढाएका थिए। 

३९.१ ओभरमा प्रनव सुदर्शनबाट एलबिडब्लुको सिकार हुनुअघि उनले ९० बलमा १२ चौकासहित ९० रन जोडे। खड्कको यो डेब्यू खेल समेत हो। 

नेपालले यू-१६ टोलीका कप्तान समेत रहेका विशाल विक्रम केसीलाई १ र यू-१९ का कप्तान रोहितकुमार पौडेललाई भने ७ रनमै गुमाएको थगियो। 

तर, कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै नेपालको रन ३ सय रन पार गराएका थिए। कुशलले २३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। 

पाँचौं विकेटका लागि ४२ बलमा कुशल र रितबीच ८२ रनको साझेदारी समेत भएको थियो। 

सिंगापुरका प्रनव सुदर्शन र विनित मेहराले २-२ विकेट लिए।

जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्। 

श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा